नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९८० बाट लाभांश नदिने भएको छ । वित्तीय सस्थांको सञ्चालक समितिको २०८० चैत्र २१ गते बुधबार बेलुका ५ः४५ बजे सम्पन्न ९२ औ बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीका सचिव कलम प्रसाद शर्माका अनुसार बुधबारको बैठकले वित्तीय संस्थाले आव २०७९/८० मा बोनस तथा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लेखापरीक्षकवाट प्रमाणित लेखा परीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको पाँचौ वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ बाट चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिएको कम्पनीले गत वर्षमा १४ करोड बढी नाफा कमाएको भएपनि उक्त वर्षबाट भने सेयरधनीको हातखाली बनाएको हो । लघुवित्तको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ र रटेर्न अर्निङ्गमा ४९ करोड १३ लाख तथा साधारण जगडा कोषमा २४ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।
संस्थाको बुधबारका बैठकले चौथो वार्षिक साधारणवाट नियुक्त लेखापरीक्षक कम्पनी सिविवि एण्ड एशोसियट्स समक्ष संस्थाले पेश गरेको आर्थिक बर्ष २०७९/८० को वित्तीय विवरण जाँच तथा छलफल गरी कुनै कैफियत नदेखिएपछि संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया