पाँचतारे ब्राण्ड याक एण्ड यती होटल लिमिटेडले आगामी वैशाख १३ गते बिहीबार ४७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा २०८१ वैशाख १३ गते अपरान्ह ३ बजे कम्पनी रजिष्टर्ड कार्यालय, लालदरबार, दरबारमार्ग काठमाडौमा डाकिएको हो ।
सभामा छलफल र निर्णयका लागि प्रस्तुत हुने प्रस्तावहरुमा सञ्चालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९–२०८ को सञ्चालक समितिको ४७ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण आर्थिक वर्ष २०७९–२०८० को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरु स्वीकृत गर्ने र कम्पनीको आव २०८०–२०८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
साथै सभाले कम्पनीको तर्फबाट सञ्चालकले बैंकमा व्यक्तिगत जमानत दिने सम्बन्धमा पनि छलफल हुने भएको छ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते गतेखि सेयरधनी दर्ता किता बन्द रहने जनाएको छ । यसअनुसार चैत २२ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । नेप्सेमा सूचीकृत भएको यो होटल लामो समयदेखि नवीकरण नगराउँदा नेप्सेमा डिलिस्टेड अवस्थामा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया