आइएमई लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांशमा संशोधन गरेको छ । कम्पनीले बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो ।
नियामक नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि वैशाख २१ गतेको सञ्चालक समिति बैठकमार्फत उक्त संशोधन गरिएको आइएमई लाइफले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७९\८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । यसअघि भने इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया