बुद्धभुमी नेपाल हाईड्रोपावर नाफामा

0
Shares

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड नाफामा पुगेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्म ३४ लाख १६ हजार रुपैयाँ घाटामा रहेको कम्पनीको अन्य आम्दानी बढेसँगै चालु आवको सोही अवधिमा १० लाख २० हजार रुपैयाँ खुद नाफामा पुगेको हो ।

चालु आर्थिक वर्ष २०८०र८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी पनि १.९३ प्रतिशतले बढेको छ । चैतसम्म कम्पनीले १२ करोड ७९ लाख ४३ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ ।

कम्पनील चैतसम्म ३२ लाख ४४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । गत आवको यसै अवधिमा २५ हजार मात्र थियो । त्यस्तै कम्पनीले कुल खर्च ५ करोड १५ लाख ६८ हजार रुपैयाँ र वित्तीय खर्च ७ करोड ३० लाख ९४ हजार रुपैयाँ बराबर गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ४ करोड ८२ लाख १७ हजार रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  कम्पनीको कुल चालु सम्पत्ति ४ करोड ९० लाख ८८ हजार र कुल चालु दायित्व ९ करोड ३३ लाख ९० हजार रुपैयाँ रहेको छ । कम्पनीले हालसम्म ९५ करोड २४ लाख रुपैयाँ दीर्घकालिन कर्जा र १ करोड ७ लाख रुपैयाँ अल्पकाली कर्जा लिएको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ०.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९१.२७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५२.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १४११.५३ गुणा र तरलता अनुपात ५२.५६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।