स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले दरखास्त आह्वान गर्दै दुई पदका लागि २१ जना कर्मचारी माग गरेको हो ।संस्थाले सहायक प्रबन्धक पदका लागि एक जना कर्मचारी माग गरेको छ ।
जुन पदका लागि योग्यता स्नातकोत्तर तोकिएको अथवा बैंक तथा वित्तीय संस्थामा एक तह मुनी २ वर्ष वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा ३ वर्ष काम गरेको हुनुपर्ने बताइएको छ ।
त्यस्तै, संस्थाले प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा पनि २० जना कर्मचारी माग गरेको। जुन पदको लागि शैक्षिक योग्यता एस .ई. ई वा सो सरहको परीक्षा उर्तीण गरी कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ।
संस्थाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मिति बैशाख १९ गतेदेखि १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया