कान्ति बाल अस्पतालले विभिन्न पदमा ५१ जनाका लागि रोजगारीको अवसर खुला गरेको छ । महाराजगञ्जस्थित बाल अस्पतालले डाक्टर, नर्स, रेडियोग्राफर र फार्मेसी सुपरभाइजरका लागि रोजगारीका लागि दरखास्त खुला गर्दै आवेदन माग गरेको हो ।
अस्पतालले १९ जना मेडिकल अधिकृत (आठौं तह), एक जना नर्सिङ अधिकृत (सातौं तह) र २४ जना स्टाफ नर्स (पाँचौं तह) को करार सेवामा पदपूर्ति गर्न लागेको हो । यस्तै अस्पतालले तीन जना रेडियोग्राफर र चार जना फार्मेसी सुपरभाइजरलाई पनि ज्यालादारी मार्फत पदपूर्ति गर्ने जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया