शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर, चार हजार रूपैयाँसम्मको छुट पाइने


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा चार हजार रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सक्नेछन् ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“हाम्रा नेपाली ग्राहकहरुले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं र यी यस्ता अफरहरुले हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।”

ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरि प्रिमियम सुविधाहरू र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।

अफरहरु :

रेड्मी नोट १३ :

६\१२८ जीबी  : पुरानो मूल्य २४,९९९ रुपैयाँ, अफर मूल्य २३,९९९ रुपैयाँ मात्र
८र२५६ जीबी : पुरानो मूल्य  २७,९९९ रुपैयाँ, अफर मूल्य २६,९९९ रुपैयाँ मात्र

रेड्मी नोट १३ प्रो :
८\२५६ जीबी : पुरानो मूल्य ३४,९९९ रुपैयाँ , अफर मूल्य  ३२,९९९ रुपैयाँ मात्र
१२र५१२ जीबी : पुरानो मूल्य ३९,९९९ रुपैयाँ , अफर मूल्य ३५,९९९ रुपैयाँ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५जीः
८\२५६ जीबी : पुरानो मूल्य ४७,९९९ रुपैयाँ, अफर मूल्य  ४५,९९९ रुपैयाँ मात्र
१२र५१२ जीबी : पुरानो मूल्य ५२,९९९ रुपैयाँ, अफर मूल्य ५०,९९९ रुपैयाँ मात्र

रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन मोडेलका फोनहरु रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि उपलब्ध छन्। ६ं१२८ जिबी र ८ं२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए।आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८ं२५६ जिबी स्टोरेज र १२ जिबिं ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

त्यस्तै, रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ ं २५६ जिबी स्टोरेज र १२ जिबिं ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ।

१ जुलाईदेखि ३१ जुलाईसम्म लागु हुने यो जुलाई ज्याकपट अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार  ०९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।