बिहीबार सुनको भाउ तोलाको २२ सय रुपैयाँले घट्यो


बिहीबार सुनको भाउ प्रतितोला २२०० रुपैयाँले घटेको छ । सुनको भाउ कात्तिक २३ गतेबाट नै लगातार ओरालो क्रममा रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदी आज १ हजार ९०५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५६५.२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.२२ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहिबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।