आइतबार सुन चाँदीको भाउ कति ?


काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर छ । शुक्रबार २२ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आइतबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७९८.४९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.३६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।