सोमबार सुनको मूल्य स्थिर


काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै सोमबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७८०.५९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।