कुमारी बैंकको १ लाख ९५ हजार कित्ता सेयर बिक्रीमा


काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ९५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामीमा अन्य व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आज माघ २९ गतेदेखि ३५ दिन भित्र वैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आवेदन दिन सक्ने छन् ।

उक्त म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्रीको प्रक्रिया अगाडि वढाइने बैंकले जनाएको छ । सेयरको विक्री मूल्य विक्रेताले तोके वमोजिम हुनेछ ।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।