स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो : ऋषीकेश पोखरेल


काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु भएको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा उनले डुबेका कम्पनीले पनि आईपिओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिलेपनी विभिन्न ट्रेन्डकै अध्ययनगरी निर्णय गरेको  उनको भनाइ छ ।

‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने,‘स्थानियलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’

यस्तै, उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपिओ रोकिएको विषयमा बाव विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्।

सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफलगरी समाधान गर्न सकिने बताए। व्यवसायीहरुले सार्वजनिक लेखा समितिले गरेको निर्यणको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनकोलागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सपापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’

 

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।