सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।