नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समावेशीकरणलाई सुदृढ बनाउन साना तथा मझौला उद्यम तर्फ वित्तीय सेवा विस्तारमा जोड दिनु पर्ने बताएका छन् ।
दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरण (एसएआरएफआइआइ)लाई सुदृढ बनाउनका निम्ति वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन आह्वान गरेका हुन ।
यसै गरी, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर डा. पी. नन्दलाल वीरासिंघेले श्रीलङ्काको वित्तीय समावेशीकरणको स्थितिबारे प्रकाश पार्दै दक्षिण एसियामा वित्तीय पहुँच र सेवा विस्तारका निम्ति एसएआरएफआइआइ मार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोणबारे सुझाव दिएका थिए ।
एसएआरएफआइआइ को छैटौँ राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको बताए । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा। पी। नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन, बङ्गलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारूफको उपस्थिति थियो ।
बैठकको लिडर राउण्डटेबलसत्रमा गभर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति एसएआरएफआइआइको गतिविधिलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । त्यसको लागि क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनाको धारणा थियो ।
एसएआरएफआइआइ मार्फत क्षेत्रीय सहकार्य र समन्वयलाई सुदृढ गर्दै आगामी पाँच वर्षका निम्ति दिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो । त्यस क्रममा एसएआरएफआइआइका सदस्य संस्थाका तर्पmबाट एसएआरएफआइआइ चार्टर संशोधन, एसएआरएफआइआइ अन्तर्गतको वित्तीय समावेशिता नीति सम्बनधी विज्ञ समुहको काय सर्त लगायतका विषयमा अवधारणा प्रस्तुत गरिएको थियो ।
बैठकले एसएआरएफआइआइ मार्फत सन् २०२५ मा सञ्चालन हुने वार्षिक कार्ययोजनालाई स्वीकृत गरेको छ । बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्पmबाट आ–आफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विद्यमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवद्र्धनका लागि एसएआरएफआइआइ मार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
बैठकमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनाले दक्षिण एसियामा वित्तीय सेवाको पहुँच विस्तारमा देखिएका चुनौतीलाई सम्बोधन गर्नका निम्ति एसएआरएफआइआइ महत्वपूर्ण सञ्जाल रहेको बताइन ।
सो अवसरमा एलाइन्स फर फाइनान्सीय इन्क्लुजनको प्रयासमा २०२२ सेप्टेम्बरमा जोर्डनमा सम्पन्न बाह्रौँ बैठकबाट एसएआरएफआइआइ स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंक एवम् बङ्गलादेशस्थित माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी उक्त सञ्जालमा आबद्ध छन् ।
२०२४ सेप्टेम्बरदेखि एसएआरएफआइआइको अध्यक्षता नेपाल राष्ट्र बैंकले गर्दै आएको छ । क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, असल अभ्यासको अनुसरण गर्दै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित एसएआरएफआइआइ स्थापना गरिएको थियो ।










प्रतिक्रिया