सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा ५ रुपैयाँले कमी आएको छ ।

बिहीबार एक लाख ७१ हजार रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, बिहीबार एक हजार ९९५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९० रुपैयाँ कायम भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९०९.५८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.३७ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।