काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ३ लाख ६१ हजार २१६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।
संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा–८ काभ्रेपलान्चोकमा आवेदन दिन सक्ने छन् ।
तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुवाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर विकी प्रकृया अगाडि बढाईने बैंकले जनाएको छ ।










प्रतिक्रिया