नेप्से परिसूचक २७५८ अंकमा, ११ अर्बको कारोबार


काठमाडौँ । सोमबार सेयर बजारको नेप्से परिसूचक २७५८ अंकमा पुगेको छ । सेयर बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८ करोडको भएको छ ।

आज ९ कम्पनीको मूल्य स्थिर रहँदा ९० कम्पनीको बढेको छ भने १४५ को घटेको छ । अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढेको छ । लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशत बढे । यस दिन सेन्सेटिभ इण्डेक्स ०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ। यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स स्थिर रहेको छ।

फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घटेको छ भने विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटेका छन् ।

आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ । यस्तै, विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ । आज हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार  १५ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।