सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सूनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ३८.०४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।