सुनको भाउ तोलाको २२ सय रुपैयाँले घट्यो


काठमाडौँ । सुनको भाउ तोला २२ सय रुपैयाँले घटेको छ । बिहीबार २०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६४.६४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।