सुनको भाउ कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सुनको मूल्य आज पनि स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार र सोमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६७.८२ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।