एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ९०.०९ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।