५०० रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले बढेको सुन आज ५०० रुपैयाँले घटेको हो । .

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय ०७.६६ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार  १० : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।