यती एअरलाइन्सले सुर्खेत र धनगढी विमानस्थलमा गर्यो परीक्षण उडान


काठमाडौं । यती एअरलाइन्सले सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको छ । यती एअरलाइन्सको ९ एन–एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा शनिबार सफलतापूर्वक परीक्षण उडान गरेको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा आज दिउँसो १२ः१७ मा अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।