सुनको भाउमा सामान्य वृद्धि


काठमाडौँ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार ५०० रुपैयाँले घटेको सुनको भाउ साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय ११।१७ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२।५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।