सोमबार सामान्य बढ्यो सुनको मूल्य


काठमाडौँ । सोमबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । आइतबार १०० रुपैयाँले बढेको सुनको भाउ सोमबार पनि प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय १०.९३ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।