सिद्धार्थ बैंकद्धारा व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता


काठमाडौँ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।

यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ । सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनिकरण  प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २८ फागुन २०८१, बुधबार  ०८ : १८ बजे