एकैदिन प्रतितोला ४ हजार रुपैयाँ बढेसँगै सुनको मूल्य ऐतिहासिक बिन्दुमा


काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले बढेको छ । आज बढेसँगै सुनको मूल्य सर्वाधिक उचाइमा पुगेको छ ।

बुधबार प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार फागू पूर्णिको सार्वजनिक बिदा परेकोले सूनको मूल्य निर्धारण गरिएको थिएन ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८६.६ अमेरिकी डलर र चाँदी ३३.८५ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।