प्रोगेसिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ ।  प्रोगेसिभ फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक लाख ८१ हजार ८३८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । यो पटकको लिलामी अन्य सेयरधनीहरुले आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीहरुले आज चैत ६ गतेदेखि ३५ दिनभित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय, तिनकुने काठमाडौँमा आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीबाट ३५ दिनमा आवेदन नपरेमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८१, बुधबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।