काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा प्रधानमन्त्री ओलीले मृतक रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे। साथै, उनले मृतकको दाहसंस्कार सहज बनाउन आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारीसहित आवश्यक व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री ओलीले अराजक समूहको आगजनीका कारण पत्रकार रजकको असामयिक निधन भएको उल्लेख गर्दै दोषीहरूमाथि कडा कारबाही गर्न सरकारले छानबिन प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउने प्रतिज्ञा समेत व्यक्त गरे।










प्रतिक्रिया