वीरगन्जलाई आर्थिक राजधानी बनाउन माग


वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आम जनता पार्टीले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगन्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।

‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’ उनले भने, ‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’

प्रकाशित मिति: १९ चैत्र २०८१, मंगलबार  १२ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।