हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद सहित पक्राउ गरेको छ । प्रहरीले चैत २० गते काठमाण्डौंको महाबौद्धबाट एक जना चिनीयाँ नागरिकलाई नगदसहित पक्राउ गरेको काठमाण्डौं प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले २० लाख ९२ हजार रुपैयाँ नगद सहित रिक्सी वाङ्मो जामकी २६ वर्षीय युवतीलाई पक्राउ गरेको हो ।
तिब्बत स्थायी वतन भएकी २६ वर्षीय युवती काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसज्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया