इन्फिनिटी लघुवित्तले सुरु गर्यो डिजिटल कारोबार


काठमाडौँ । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपिआइ) जोडी डिजिटल कारोबार शुरु गरेको छ । इन्फिनिटी लघुवित्त एनपीआईमार्फत कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।

लघुवित्तले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरू गर्न सक्ने जनाएको छ ।

साथै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका भुक्तानी कारोबारहरु तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन् । लघुवित्तले एनपिआइ मार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।

एनसीएचएलका भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको छ । एनपिआइमा बैंक वित्तीय संस्थाहरु, पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरु र गैर—बैंकिङ संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीहरुको प्रयोग गर्न सक्नेछन् ।

२०७३ मा स्थापित यस लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरुलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बिमाका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।