काठमाडौँ । शिक्षकहरुले ऐन जारी गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वर–माइतीघर क्षेत्रमा आन्दोलन गरेको आज २३ औँ दिन भइसकेको छ ।
शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् । शिक्षक र कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा छन्।
सरकारले वार्तामा बोलाउने तर आफुहरुको माग सम्बोधन नगर्ने भएकोले उनीहरुले आन्दोलन जारी राखेका हुन् ।
आन्दोलनकै कारणले आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्याइएको छ ।

तस्बिर : कृष्ण राज भट्ट/अर्जुन पौडेल










प्रतिक्रिया