काठमाडौँ । आफू बसोबास गरेको स्थानबाट नै सेवाग्राहीले स्वास्थ्य बिमा सेवा पाउने व्यवस्था भएको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले आफ्नै थातथलोमा लिन सक्ने छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले १ महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बिमासेवा लिन ३ महिना प्रतीक्षा गर्नुपर्थ्यो ।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको हो ।
यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने भएको छ ।
प्रतिक्रिया