काठमाडौँ । चालु आर्थिक वर्ष (२०८१\ ८२) को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रकम संकलन गरेका हुन् ।
चैत महिनामा भने जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखबाट ७ लाख २६ हजार रुपैयाँ संकलन भएको छ । ३ हजार ६० बीमालेखबाट उक्त रकम संकलन भएको हो ।
चालु आर्थिक वर्षको नौ महीनामा सबैभन्दा धेरै वैदेशिक रोजगार बीमालेख सन नेपाल लाइफ इन्स्योरेन्समा सक्रिय छ । कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ३८.०९ प्रतिशत रहेको छ।
कम्पनीमा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी भएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्सले ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ ।
वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीहरु मध्ये दोस्रो स्थानमा एसियन लाइफ रहेको छ । एसियन लाइफले २ लाख ३३ हजार ८४२ बीमालेख बिक्री गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ।
यस्तै, सबैभन्दा धेरै वैदेशिक रोजगार बीमा शुल्क संकलन गर्ने अर्को कम्पनी नेपाल लाइफ रहेको छ। कम्पनीले चैतसम्म १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
चैतसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर आइएमई लाइफले १७ करोड ६९ लाख रुपैयाँ, नेसनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ४० लाख ८३ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा लेख गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
बढी कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स
नौ महिनाको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफले १९ लाख ६० हजार ५३४ बिमालेख बिक्रीबाट उक्त रकम संकलन गरेको हो ।
यस्तै नौ महिनाको अवधिमा नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ संकलन गरेको छ भने एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, ,सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तै चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
लघु जीवन बीमा कम्पनीले संकलन गरे ८५ करोड ५६ लाख
बीमा प्राधिकरणले चालु आवको नौ महिनाको अवधिको ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ३ वटा (गार्डियन, क्रेस्ट र लिबर्टी) लघु जीवन बीमा कम्पनीहरुले उक्त रकम संकलन गरेका हुन् ।
लघु जीवन बीमा कम्पनीहरुले ८ लाख ६० हजार बीमालेखबाट उक्त रकम संकलन गरेका हुन् ।
तीन वटा लघु जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै गार्डियनले ३२ करोड ५८ लाख रुपैयाँ कमाएको छ । ५ लाख ७८ हजार ७ सय ६७ वटा बीमालेखबाट उक्त रकम संकलन भएको हो । यस्तै दास्रोमा क्रेस्ट रहेको छ । क्रेस्टले १ लाख ७० हजार ८२० वटा बीमालेखबाट ३२ करोड २० लाख रुपैयाँ स्रकलन गरेको हो । यस्तै, लिबर्टीको १ लाख १० हजार ४७६ वटा बीमालेखबाट २० करोड ७७ लाख रुपैयाँ संकलन गरेको छ ।
प्रतिक्रिया