काठमाडौँ। झापा जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ १ हजार १६८ र वाणिज्यतर्फ १ हजार २७३ उद्योग नवीकरण भएका छन् ।
जिल्लामा चालु आवको ९ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । उनले बताइन । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।
घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको ९ महिनामा २ करोड २१ लाख ८८ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
प्रतिक्रिया