लक्ष्मी सनराइज बैंकको सस्थापक सेयर बिक्रीमा, कसले पाउँछन् किन्न ?


काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले ३१ लाख ८० हजार ३१४ कित्ता सस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विद्यमान सस्थापक सेयरधनीको नाममा रहेका सेयर बिक्री गर्ने भएको हो ।

बैंकका अनुसार सस्थापक सेयर धनीहरुले सेयर बिक्री गर्न चाहेकोले संचालक समितिको निर्णय अनुसार सेयर बिक्री गरिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिका अनुसार सस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता सस्थापक सेयर धनीहरुलाई दिनुपर्ने उल्लेख गरिएको छ । बैकले इच्छुक सस्थापक सेयर धनीहरुलाई के, कति कित्ता सेयर खरिद गर्ने हो सोको विवरण उल्लेख गरेर ३५ दिनभित्र आवेदन दिन भनेको छ ।

बैंकका अनुसार उक्त समयअवधिमा सस्थापक सेयर धनीहरुको आवेदन नपरेमा राष्ट्र बैंकको एकिकृत निर्देशिका र अन्य कानुन बमोजिम सेयर बिक्री प्रक्रिया अगाडी बढाईने जनाएको छ ।

प्रकाशित मिति: २६ वैशाख २०८२, शुक्रबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।