काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ प्रक्रिया आकस्मिक रूपमा रोकिएको छ ।
यातायात व्यवस्था विभागको प्रिन्टिङ प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण लाइसेन्सको छपाइ कार्य अनिश्चितकालका लागि बन्द गरिएको हो ।
विभागले आइतबार सूचना जारी गर्दै वैशाख २५ गतेदेखि अत्यावश्यक सवारी चालक अनुमतिपत्रको छपाइ प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ । विभागका अनुसार स्मार्ट कार्ड प्रिन्टिङ प्रणालीमा देखिएको समस्या समाधान नभएसम्म छपाइ कार्य रोकिएको छ ।
प्राविधिक समस्या समाधान नभएसम्मको लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य स्थगित गरिएको छ । समस्या समाधान भएपछि मात्र छपाइ कार्य सुरु गरिने विभागको सूचनामा उल्लेख गरेको छ ।










प्रतिक्रिया