काठमाडौँ । बागमती प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको छ ।
आजको बैठकमा प्रदेशसभाका सांसदहरूले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) संसदमा धारणा राखेका छन् ।
मङ्गलबार बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्ले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । आजको बैठकमा सांसदहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन आउने र प्रदेशलाई समृद्ध बनाउन ठोस् आधारसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए ।
आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको, स्वदेशमा रोजगारी सृजना हुने किसिमको हुनुपर्नेमा जोड दिँदै सांसदहरूले कृषि, उद्योग, वन, पर्यटक प्रवर्द्धनलगायत विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने सुझाव दिए।
आजको बैठकमा भारतीकुमारी पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सृजना सैजु, डा दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत सांसदले सरकारद्वारा प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमाथि धारणा राखे।
प्रतिक्रिया