नेपाल बीमा प्राधिकरणमा इजलास संचालन


नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।

 

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।