इन्भेष्टमेन्ट एन्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौँ । इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको संस्थापक शेयरधनीहरु रामेश्वर श्रेष्ठ र किसनजङ्ग राणाको नाममा रहेको ३/३ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न चाहने शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौँमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधरणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।