पोखरीया नगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्सा पोखरीया नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई अख्तियारको टोलीले शुक्रबार वीरगंज महानगरपालिका–१२ चोक र वडा–३ प्रगतिनगरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन् ।

अख्तियारका अनुसार, श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानूनी लाभ लिएको आरोप लागेको छ ।

आयोगले अनुसन्धानका क्रममा श्रीवास्तवले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको प्रमाण फेला पारेको जनाएको छ ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  १७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।