डिजिटल पेमेन्ट प्रवर्द्धनमैत्री पर्यटनका लागि एनसीएचएल र एण्ट इन्टरनेशनलको पहल


काठमाडौँ । नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्धनमा मुख्य भूमिका निर्वाह गर्दै आएको अग्रणी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले आज एक संयुक्त कार्यक्रमको आयोजना गरेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरुको विशेष भुमिकालाई जोड दिँंदै आयोजना गरिएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा, नेपाल असोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमार मणी थपलिया, होटल असोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महत , नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त, एलिपेका कन्ट्री म्यानेजर सिट्टिपोङ्ग किट्टिप्रापापोङ्ग , एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, लगायत विभिन्न बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

एनसीएचएल र एण्ट इन्टरनेश्नलले गत वर्ष कार्तिक महिनमा नेपालपे क्यूआर र एलिपेबीच क्रस–बोर्डर भुक्तानीको शुरुवात गरेका थिए । उक्त क्रस–बोर्डर भुक्तानी अन्तर्गत १७ भन्दा बढि अन्तर्राष्ट्रिय डोमेस्टिक इ–वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालमा नेपालपे क्यूआरको नेटवर्कमा रहेका १२ लाख भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने अवस्था रहेको छ ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।