तेस्रो एमबीएएन स्पोर्ट्स मिटमार्फत बैंकर्स कर्मचारीबीच खेलकुदको माध्यमबाट सहकार्य


काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा बैंकर्समा कार्यरत कर्मचारीहरुलाई एकैथलोमा उपस्थित गराई खेलकुदको माध्यमबाट एक आपसमा चिनजान गर्ने कार्यक्रम गरिएको छ । सबैलाई स्वस्थ बनाउने उद्देश्यले आषाढ ६ र ७ गते सम्पन्न तेस्रो एमबीएएन स्पोट्र्स मिट (खेलकुद प्रतियोगिता ) कार्यक्रमको भएको हो ।

हाडीगाउँस्थित धन्यन्तरी स्पोट्र्स सेन्टरमा संघका अध्यक्ष रामेन्द्र रायमाझीको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस लगायतका खेलकुदहरुमा संघमा आबद्ध २६ मध्ये २२ वटा मर्चेन्ट बैंकर्सले भाग लिएका थिए ।

टेबलटेनिसमा आफ्नो उत्कृष्ट कला प्रदर्शन गरी ग्लोबल आइएमई क्यापिटलका कर्मचारीहरु क्रमशः पुरुषतर्फबाट प्रदिपराज खनाल प्रथम र महिलातर्फबाट विना अधिकारी द्वितीय भई विजयी हासिल गरेको हुँदा उनीहरुलाई बधाई तथा आगामी दिनहरुमा पनि सफलताको कामना गरेको छ ।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।