तिलाहारमा बेठीका साथ रोपाइँ


भोजपुर । तिलाहारमा बेठी लगाएर रोपाइँ गरिएको छ । पञ्चैबाजा बजाएर भोज खुवाई पौवादुङमा– १ श्यामशीलाका धनबहादुर पाण्डले १९ हल गोरुसहित १८० जना खेतालाले रोपाइँ गरेका हुन् ।

गाउँघरका सबै भेला भएर पञ्चैबाजा बजाएर ६५ रोपनीमा रोपाइँ गरिएको हो । परम्परा लोप हुन नदिन बेठी गरिएको किसान पाण्डेले बताए । उत्सवका साथ रोपाइँ गरिएको जानकारी दिँदै उनले परम्पराको संरक्षणका लागि साबिक तीन वटा वडाका स्थानीय भेला भएर रोपाइँ गरिएको बताए ।

बेठीलाई जमिनको विवाहका रूपमा लिइने स्थानीय इन्द्रबहादुर पाण्डेले बताए। पञ्चैबाजासहित असारे भाकामा गरिएको रोपाइँमा खेतालाबाहेक ज्येष्ठ नागरिक पनि सहभागी भएका थिए ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।