केयी इ–क्यूट ०२: अब मात्र २० लाख ९६ हजार रुपैयाँको विशेष मूल्यमा


काठमाडौँ । नेपालमा केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ.अटोमोबाइल्सले केयी इ–क्यूट ०२—बजारमा उपलब्ध गराएको छ । सबैभन्दा व्यवहारिक २–ढोके इलेक्ट्रिक गाडीहरू मध्ये एक मात्र २० लाख ९६ हजारको विशेष मूल्यमा उपलब्ध हुने भएको हो ।

यो आक्रामक मूल्य निर्धारणले यसलाई नेपालमा उपलब्ध सबैभन्दा सस्तो र फिचर–युक्त इलेक्ट्रिक गाडीहरू मध्ये एक बनाएको छ । केयी इ–क्यूट ०२ आधुनिक सुविधाहरूले गर्दा विशेष छ । जसले यसलाई महँगो नभई सुरक्षित र सुविधाजनक बनाउँछ । कारमा कन्सिल्ड डोर ह्यान्डल, १५–इन्चका टायर र इन्टरमिटेन्ट वाइपरजस्ता स्मार्ट विवरणहरू सहितको स्टाइलिश, आधुनिक लुक छ । यसमा १०.२५ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ । जसले उन्नत कनेक्टिभिटी र नियन्त्रणहरूका साथ क्याबिन अनुभवलाई अझ राम्रो बनाउँछ ।

शक्तिशाली ४० किलोवाट मोटर र २८.०८ किलोवाट आवर ब्याट्रीले सुसज्जित यो गाडीले फूल चार्जमा ३०० किलोमिटरसम्मको प्रभावशाली रेन्ज प्रदान गर्दछ । जसले हरेक यात्रालाई कुशल, शक्तिशाली र भविष्यका लागि तयार बनाउँछ । यसमा रीजेन प्रणाली पनि समावेश छ जसले ब्रेकिङ ऊर्जालाई अतिरिक्त ब्याट्री पावरमा रूपान्तरण गरेर दक्षता अधिकतम बनाउने कम्पनीको दाबी छ ।

इ–क्यूट ०२ चलाउन सरल र रमाइलो छ । यसमा सेन्सर–आधारित किलेस एन्ट्रीलाई समर्थन गर्ने र विन्डोजहरू टाढैबाट खोल्न र बन्द गर्न मिल्ने एउटा अद्वितीय फिजेट स्पिनर–शैलीको रिमोट की छ ।

सुरक्षा पनि उच्च प्राथमिकता हो। यो ६५ प्रतिशत उच्च–शक्तिको स्टिल केज बडीमा निर्मित छ र डुअल एयरब्याग, हील असिस्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट एन्कर, र रियर पार्किङ सेन्सरले सुसज्जित छ । कारमा ३६०–डिग्री भ्यू क्यामेरा छ । जसले ड्यासबोर्ड स्क्रिनमा गाडीको वरिपरिको पूर्ण दृश्य देखाउँछ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।