खोटाङ्ग । खोटाङ्ग जिल्लामा निर्माणधीन ४ मेगा वाट् क्षमताको लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले १० करोड रुपैँया रकम बराबरले हुन आउने १ सयका दरले १० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्नको लागि गते आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्ट लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ ।
सर्वसाधारणमा शेयर जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीएको हो । सो सम्झौता–पत्रमा हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।












प्रतिक्रिया