शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बिक्री खुल्ला


काठमाडौँ । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडले आज (असार ३२ गते) देखि ऋणपत्र बिक्री खुल्ला गरेको छ।

बैंकले १० वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको ‘शाइन रेसुंगा डिबेन्चर’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले जेठ २ गते नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपियाँबराबरको प्रतिइकाइ १ हजार रुपियाँका दरले कुल १० लाख इकाइ ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् ४ लाख कित्तामध्ये २० हजार सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्कासन बन्द साउन ४ गते हुनेछ । तर तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद १४ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ ।

बैंकको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।