भद्रपुर । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्व ९४ करोड १६ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँ अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख रुपैयाँ अर्थात ४.४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६.५० प्रतिशत अर्थात ५९ करोड ६९ लाख १० हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले बताए।
कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट ९ अर्व ७१ करोड ३२ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा ८ अर्व ९२ करोड ८५ लाख रुपैयाँ मूल्य पर्ने १ लाख ३ हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी ७ अर्व ३ करोड ३२ लाख रुपैयाँ मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ ।
यसैगरी उक्त अवधीमा २ अर्व ८२ करोड रुपैयाँ मूल्य पर्ने २५ हजार ५६८ मेट्रिकटन एलपि ग्यास, ६६ करोड ४ लाख रुपैयाँ मूल्य पर्ने ७ हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने २ हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।










प्रतिक्रिया