यामाहा नेपालको वार्षिक डिलर मिट २०२५ सम्पन्न, एमटी र एफजेडका दुई नयाँ मोटरसाइकल लञ्च


काठमाडौं । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते ‘ब्लू राइज’ वी राइज एज वान” भन्ने मूल नाराका साथ आफ्नो वार्षिक डिलर मिट २०२५ सम्पन्न गरेको छ। एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएको यामाहाले जनाएको छ ।

त्यसै अवसरमा एमटी १५ भी २ को आइस स्टोर्म र एफ जेड एस भी ३ को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो । जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित ररहेको जनाएको कम्पनीले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखाएको थियो । कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो, जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे।

यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१र०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ(आफ्ना प्रस्तुतिहरू दिएका थिए।

भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले पनि सम्बोधन गरेका थिए । यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम बिपिन सिंहको पनि उपस्थिति रहेको थियो । उनीहरूको अन्तर्राष्ट्रिय समर्थन र सहभागिताले यामाहाको असीमित एकता र उत्कृष्टताको प्रतिबद्धतालाई पुनः पुष्टि गदै कार्यक्रमलाई विशेष बनाएको कम्पनीको भनाई छ ।

कार्यक्रममा विभिन्न श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । साथै, ूड्रिम टार्गेटू प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १४ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।